नेपाल शेर्पा विद्यार्थी संघ सोलुखुम्बुले शेर्पा विद्यार्थी सम्मान तथा ल्होसार साँझ कार्यक्रम गर्ने



दावा जाङ्बु शेर्पा,काठमाडौ। नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले शेर्पाहरुको महान चाड २१५२ औं सिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा शुभकामना आदानप्रदानका साथै शेर्पा विद्यार्थी सम्मान तथा ल्होसार साँझ कार्यक्रम गर्ने भएको छ्।

सदरमुकाम सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गुम्बा प्राङ्गणमा आयोजना गरिने कार्यक्रममा स्याब्रु नृत्य,राष्ट्रिय तथा स्थानीय शेर्पा कलाकारहरुको सांगितिक प्रस्तुति,जिल्लाबाट विभिन्न क्षेत्रमा सफलता हासिल गरेका शेर्पा विद्यार्थीलाई सम्मान,शेर्पाहरुको लोप हुन लागेको सिली,नादिङ आदीको प्रस्तुत गरिने नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष गेलु शेर्पाले जानकारी दिए।

कार्यक्रममा पाल्मु शेर्पा, लाक्पा तेन्जी शेर्पा, आस्मान लोप्चन साथै अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाका अध्यक्ष मिङमार याङजी शेर्पाले जानकारी दिइन । कार्यक्रममा उद्घोषक डोल्मा छिरिङ शेर्पाले गर्ने बताईएको छ ।

नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले अहिलेसम्म शेर्पा जातिको संस्कार संस्कृतिको संरक्षण साथै युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने, स्याब्रु नृत्यको जर्गेना गर्ने, बालबालिकाहरुमा अन्तर्निहित क्षमताको अभिबृद्धि गरी युवाहरुको व्यक्तित्व विकास तथा शेर्पा समुदाय तथा बौद्धधर्मको संरक्षण र सम्बर्द्दनमा सहयोग गर्ने,शेर्पा जातिको लोपोन्मुख अबस्थामा रहेको संस्कृतिको जर्गेना गर्ने जस्ता विभिन्न सामाजिक कार्यहरु आइरहेको अध्यक्ष याङ्जीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्