नेकपा एमाले सोलुदुधकुण्ड नगर कमिटीले फागुन ६ बाट वडास्तरीय ‘जरा केन्द्रित अभियान’ सुरु गर्ने
सोलुखुम्बु।नेकपा एमाले सोलुदुधकुण्ड नगर कमिटीले ३ महिने वडा केन्द्रित ‘जरा अभियान’अनुशिक्षण प्रशिक्षण तथा अधिबेशन फागुन ६ गतेबाट सुरु गर्ने भएको छ।

कोशी प्रदेशसभा सदस्य एबम नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा शुक्रबार सोलुदुधकुण्ड नगर कमिटीको तेस्रो पूर्ण बैठक तथा ३ महिने वडा केन्द्रित (जरा केन्द्रित) अभियान नगर स्तरीय अनुशिक्षण कार्यक्रमले
जिल्ला कमिटीले तोकेका वडा इन्चार्जलाई सम्पर्क ब्यक्ति तोक्दै चैत ८ गते सम्पन्न गर्ने गरी फागुन ६ गतेबाट सुरु गर्ने निर्णय गरिएको अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए ।
बैठकले फागुन ६ गते वडा नं ११ मा बैठक तथा अनुशिक्षण,७ गते वडा नं १ मा बैठक तथा जरा केन्द्रित अनुशिक्षण,१५ गते वडा नं ६ मा वडा अधिबेश,१६ गते वडा नं ७ मा अधिबेशन,१८ गते वडा नं ८ मा बैठक तथा अनुशिक्षण, २० गते वडा नं ५ को अधिबेशन,२५ गते वडा नं १० मा बैठक तथा अनुशिक्षण गर्ने निर्णय गरेको छ ।
यसैगरी, २८ गते वडा नं ९ को अधिबेशन, चैत ५ गते वडा नं ३ को अधिबेशन र ८ गते वडा नं २ को अधिबेशन सम्पन्न गरी १० गते नगर कमिटीको बैठकमा कार्यक्रमको समिक्षा गर्ने निर्णय भएको राजभण्डारीको भनाई छ ।
जस अनुसार वडा नं १ मा वुद्धलक्ष्मी राई,२ मा राजकुमार श्रेष्ठ,३ मा रामकुमार श्रेष्ठ ,४ मा विकास श्रेष्ठ ,५ मा कुसाङ तामाङ, ६ मा बुद्धि नारायण श्रेष्ठ,७ मा प्रकाश कार्की, ८ मा पासाङ कटुवाल ९ मा मनोज श्रेष्ठ ,१० मा नुतन श्रेष्ठ र ११ मा
नरवहादुर कटुवाल सम्पर्क ब्यक्ति तोकिएको उनलेे बताए।
कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य एबम् सोलुदुधकुण्ड नगर इन्चार्ज डीबी नेपाली,प्रदेश कमिटी सदस्य सूर्य कुमारी सुनुवार,जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष आशकुमार राई ‘शिशिर’,सचिब कल्पना राई लगायत अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो।

