थुलुङ दुधकोशीमा फागुन १ गते बिदा दिइएकोप्रति कांग्रेस नेताहरुको आपत्ति



केदार बस्नेत,सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा फागुन १ गतेका लागि दिएको सार्बजनिक बिदाप्रति नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरुले आपत्ति प्रकट गरेका छन् ।

बुधबार एक बिज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका पूर्ब सभापति छत्रध्वज बस्नेत,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबम् नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा,नेबिसंघ केन्द्रीय सदस्य गीता गुरुङ, नेपाल महिला संघ सोलुखुम्बुकी अध्यक्ष सरला राई,नेपाली काँग्रेसका युवा नेता रोशन थुलुङ लगायताका नेताहरुले बुधबार एक बिज्ञपति प्रकाशित गरी सो आपत्ति प्रकट गरेका हुन।

नेपाली काँग्रेसका नेताहरुद्वारा बुधबारद्वार जारी बिज्ञप्तिमा भनिएको छ,- २०८१ माघ २३ गतेको थुलुङ दुधकोशी गाउँ कार्यपालिकाको निर्णय भनि मंगलबार प्रमुख प्रशासकीय अधिकृत प्रशन्न दिप राईद्वारा हस्ताक्षरित सार्वजनिक सुचनाप्रति हामी खेद व्यक्त गर्दै घोर आपत्ति प्रकट गर्दछौ ।

सहमतिको दस्तावेज नेपालको संविधानमा कंँहि कतै उल्लेख नभएको कथित जनयुद्धलाई कुनै उत्सवको रुपमा सार्वजनिक विदा दिनु संविधानको मर्म र भावना विपरित छ।

मिति २०८० पुस १३ गते सम्मानित सर्वोच्च अदालतले जनयुद्ध दिवसको सार्वजतिक बिदा खारेज गरिसकेको जानकारी हुँदा हुँदै पनि राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु संलग्न भइ सर्बोच्च अदालत त्यस्तो निन्दनीय निर्णय गर्नु कुकृत्य हुनुको साथै सम्मानित अदालतको अवहेलना हो। यस्ता उदण्ड हर्कतहरु नगर्न गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई सचेत हुन आग्रह गर्दछौ साथै उक्त असंवैधानिक निर्णय तुरुन्त खारेज गर्न जोडदार माग गर्दछौँ।

प्रतिक्रिया दिनुहोस्