शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले मिनि म्याराथन प्रतियोगिता गर्ने



दावा जाङ्बु शेर्पा,ओखलढुंगा। नेपाल शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले फागुन ११ गते खुल्ला पालिका पहिलो मिनि म्याराथुन आयोजना गर्ने भएको छ।

स्वस्थ्यको लागि खेलकुद,पर्यटनका लागि खेलकुद र राष्ट्रियताका लागि खेलकुद भन्ने मुल नाराका साथ आफ्नो चौथो जिल्ला अधिवेशनका अवसरमा खुल्ला पालिका पहिलो मिनि म्याराथुन तथा वृहत् सास्कृतिक कार्यक्रम गर्न लागिएको संघले जनाएको छ।नेपाल शेर्पा बिद्यार्थी संघ ओखलढुंगाको आयोजनामा खुला स्थानीय हुने भएको हो ।

खिजिदेम्बा गाउँपालिका वडा नं. ५ खिजिफलाटेबाट सुरु हुने
१० किलोमिटर पालिका मिनि म्याराथन प्रतियोगिता चुप्लुङ भञ्ज्याङ,थोलेदेम्बा,रामदिङ गोमासे ताउर,चुप्लुङ भञ्ज्याङ,हुँदै खिजिफलाटे बजार आएर सम्पन्न हुने संस्थाका अध्यक्ष फुरी शेर्पाले जानकारी दिए ।

खेलकुदबाट पर्यटन प्रवर्द्दन गर्ने उद्देश्यका साथ दौड प्रतियोगिता आयोजना गरिएको शेर्पाले बताए । प्रतियोगिता फागुन ११ गते विहानबाट सुरु भई सोही दिन सकिनेछ । प्रतियोगितामा सय भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

म्याराथन प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्तवना स्थान प्राप्त गर्ने धावकहरु महिला,पुरुष दुवैतर्फ क्रमशः पन्ध्र हजार,दश हजार,पाँच हजार नगद पुरस्कार,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्