अस्थिरतावादका हिमायतीहरुले भ्रम र अफवाहको खेती गरिरहेका छन् : पोखरेल
काठमाडौं।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समीकरणबाट विचलित अस्थिरतावादका हिमायती’हरूले अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेको टिप्पणी गरेका छन्।

गएराती सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।उनीहरूले सत्ता समीकरणविरुद्ध जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा नहुने र हुन नदिइने उनको भनाइ छ ।
‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन् । उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा हुने छैन, हुन दिइने छैन । किनकी सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो,’ उनले लेखेका छन् ।
file foto

