लायन्स क्लब अफ काठमाडौं कुलदेवताद्वारा स्वास्थ्य शिबिर आयोजना



काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कुलदेवताले आज आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १५० जना स्थानीय लाभान्वित भएका छन् ।

मेडिलाइफ हेल्थकेयर क्लिनिक स्थापनाको छैटौं वार्षिक उत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौं कुलदेवता र मेडिलाइफको संयुक्त आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष जनक राज पाठकले बताए ।

स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञबाट स्त्री रोग सम्बन्धि चेकजाच, मधुमेह सम्बन्धि चेकजाच, रक्तचाप जाँच सेवा, जनरल फिजिसियनबाट स्वास्थ्य चेकजाच गरियो ।

उक्त शिविरबाट करिव १५० जना लाभान्वित भएको लायन्स क्लब अफ काठमाडौं कुलदेवताका अध्यक्ष पाठकले जानकारी दिए ।

कार्यक्रममा क्लबको तर्फबाट उपाध्यक्ष हरेन्द्र घिमिरे, सदस्य अनिता पाठक लगायतको उपस्थिति थियोे।

स्वास्थ्य शिविरमा लायन्स 325 M बाट टंक पौडेल, भुपराज काफ्ले, राजेश विसुराल, दुर्गा विसुराल, श्रृषिमाया पोख्रेल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्