सोलुखुम्बु जिल्लाका पालिकामध्ये पहिलो ‘प्रज्ञा प्रतिष्ठान’ गठन गर्दै थुलुङ दुधकोशी



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यापालिका बैठकले थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान-२०८१ कार्यविधि स्वीकृत गरेसंगै सो गाउँपालिकामा प्रज्ञा प्रतिष्ठान गठन गर्ने बाटो खुलेको पालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो।

यो संगै सोलुखुम्बुमै पालिकास्तरमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गर्ने पहिलो स्थानीय तह थुलुङदुधकोशी भएको छ।गाउँपालिका भित्रको भाषा, साहित्य,संस्कृति तथा दर्शनको संरक्षण,सम्वर्द्धन र विकास गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

नेपालमै प्रज्ञा प्रतिष्ठान गठन गरि काम गर्ने स्थानीय तह एकदमै कम रहेको तथ्याङ्क छ । भौतिक पुर्वधारको विकाससंगै सामाजिक विकासलाइ उत्तिकै प्रथमिकतामा राखेको थुलुङ दुधकोशीको यो अर्को महत्वपुर्ण कार्यक्रम हुने पालिकाको विश्वास रहेको छ ।

यसैबीच,बैठकले गाउँपालिकाको हिउँदे सभा भोलि अर्थात माघ २३ गते बुधबारका लागि बोलाइएको पनि प्रबक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्