पाथीभरा केबलकार विवाद : संबादबाटै समाधान गर्नुपर्नेमा कांग्रेस कोशी प्रदेश सभापतिहरुको जोड



काठमाडाैं।नेपाली कांग्रेस कोशी प्रदेशका सभापतिहरुले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण लागिएको केबलकारका विषयमा उत्पन्न विवाद संवादबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण सम्बन्धमा देखिएका समस्याबारे कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूसंँग मंगलबार पोखरामा गरेको छलफलका क्रममा आफुहरुले संबादबाटै समाधान खोज्न आग्रह गरेको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए । केबलकार निर्माणबारे देखिएका विवाद समाधानका सम्बन्धमा गृहमन्त्री ज्यूले राय माग्नुभएको थियो, शेर्पाले भने-‘यो समस्या समाधानका लागि बार्ता र संबादको विकल्प नभएको सुझाव हामीले दिएका छौं।’

गृहमन्त्री लेखकले छलफलका क्रममा विवाद देखिनुको कारण र समाधानका उपायबारे जिज्ञासा राख्नुभएको शेर्पाले बताए।

केबुलकार निर्माण गर्नु नहुने भन्दै स्थानीय आन्दोलनमा छन् ।आन्दोलनका कारण त्यस क्षेत्रमा यातायात ठप्प छ। सो समस्या समाधानका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा समिति बनाएर सरकारले आन्दोलनरत पक्षसंग सोमबार बाट बार्ता प्रक्रिया अघि बढाएको छ ।वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग अधि सारेका छन् । 

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा झडप भएपछि आन्दोलन उग्र बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्