वडाध्यक्ष शेर्पाद्वारा वडाबासीलाई ३ सय २१ थान डाउन ज्याकेट बितरण



सोलुखुम्बु। राजनीतिसंगै समाजसेवामा समेत उत्तिकै सक्रिय जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष फुनुरु शेर्पाले वडाबासी नागरिकहरुलाई न्यानो ज्याकेट बितरण गरेका छन् ।

जाडोको समयमा केही राहत होस् भन्ने उद्देश्यले आफ्नो पहलमा वडाभित्रका अपांगता भएका व्यक्ति, वृद्धबृद्धा, एकल महिला, विद्यालयका शिक्षक, गुम्बाका लामा गुरु,प्रहरी,वडाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई आइतबार झण्डै ९ लाख रकम बराबरको ३ सय २१ थान डाउन ज्याकेट वितरण गरेको वडाध्यक्ष्य शेर्पाले रहस्यखबरलाई बताए ।

ज्याकेट वितरणका लागि ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसनका डाइरेक्टर पासांङ छिरी शेर्पाले दुई लाख, ओङछु शेर्पा र टानका वरिष्ठ उपाध्यक्ष सोनाम शेर्पाले ५०हजार,खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ का काग्रेस सभापति मिंङ्मा शेर्पाले ५० हजार, समाजसेवी पेमा छेवाङ शेर्पाले ४० हजार, पर्यटन व्यवसायी निमा छिरी शेर्पाले ३० हजार, सोनाम गेल्जेन शेर्पाले २० हजार र ४ नं वडा सभापति पासाडं दावा शेर्पाले १० हजार सहयोग गरेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्