प्रशान्तिमा सरस्वती पूजाका साथै बिविध कार्यक्रम सम्पन्न
काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको प्रशान्ति एकेडेमीमा वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा सोमबार पुजा आराधनाका साथै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा विहानी पुजाआजा कार्यक्रम पश्चात दिवा सत्रमा विविध मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति, नृत्य,खेलकूद,फेस पैन्टिग,ड्रोन प्रदर्शनी र नयॉ खेल पिकलबलको बारेमा जानकारी र प्रशिक्षण समेत गरिएको प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिए।विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विसेस खेलकुद कार्यक्रमहरू पनि सञ्चालन गरेको उनले बताए।
विद्यालयका अध्यक्ष मुरारीप्रसाद भन्डारीले उद्घाटन गरेको सो कार्यक्रममा संचालकहरु समीर ढुगेल,गोपाल अधिकारी,सुस्मा वराल र विद्यालय व्यबस्थापन समितिका अध्यक्ष डा.राजेन्द्र पौडेलको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावक,शिक्षक,कर्मचारीहरुलाई प्रीन्सिपल बास्तोलाले धन्यवाद तथा कृतज्ञता गरेका थिए।
वसन्त पञ्चमी तथा सरस्वती पूजामा प्रशान्ति एकेडेमीले अक्षरारम्भ कार्यक्रम समेत गरेको छ। सोही दिनबाट साना नानीबाबु विद्यालय गएमा धेरै विद्या आर्जन गर्न सकिने जनविश्वास समेत रहेको छ । त्यसै कारण धेरै नेपाली अभिभावक सरस्वती पूजाका दिनबाट विद्यालयमा अक्षरारम्भ गराउने गरेको पाइन्छ ।
सरस्वती पूजा विशेष अक्षरारम्भ कार्यक्रम २०८१ मा विधालयले प्ले ग्रुपदेखि युकेजी सम्म निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ । त्यसै गरी कक्षा एक देखि कक्षा नौं सम्म नाम दर्ता कार्यक्रम राखेको प्रसासनले जनाएकाे छ।