थुलुङ दुधकोशी अध्यक्ष राईद्वारा जुबुका दलित परिवारलाई हिलटैंक बितरण
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-४ जुबुमा हिल ट्याङ्की वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले आइतबार वडा भित्रका दलित घरपरिवारलाई १३ वटा ट्याङ्की वितरण गर्नुभएको वडा अध्यक्ष श्याम कुमार गुरुङले बताउनुभयो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार दलित घरपरिवारलाई
लक्षित गरी वडा कार्यालयबाट विनियोजित रु.१ लाख बजेटबाट ट्यांकी खरिद गरी वितरण गरिएको हो।।
हिल ट्याङ्की प्राप्त गरेपछि स्थानीयबासीले पिउने पानीको लागि सहज हुने भन्दै हर्षित भएका छन । पानी जम्मा गर्ने व्यबस्था भएपछि धारामा पानी नआउदा पनि केही दिनको लागि सहज हुने विश्वास व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेका छन ।

