पदोन्नति भएका ३७ प्रहरी उपरीक्षकहरूले पाए दर्ज्यानी चिन्ह
काठमाडौं ।प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका ३७ जना प्रहरी उपरीक्षकहरूले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णयअनुसार बढुवा भएका ३७ प्रहरी उपरीक्षकहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नबिन कृष्ण भण्डारी, तिलक भारती, केशब कुमार थेबे, सुर्य बहादुर खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई, शरत कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाई, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नबिन कार्की, श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगम बहादुर कुँवर रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले दर्ज्यानी पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान, प्रभावकारी प्रहरी परिचालन एवम् जनमुखी सेवा प्रवाहको माध्यमबाट संगठनको साख वृद्धिमा प्रतिवद्ध भएर कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।

