स्वर्गीय पत्रकार राईको स्मृतिमा ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’स्थापना



काठमाडौं ।नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यकारी सदस्य रहेकै बेला २०७८ सालमा हृदयघातका कारण निधन भएका पत्रकार राईको स्मृतिमा सो पुरस्कारको स्थापना गरिएको हो।पुरस्कार स्थापना एवं व्यवस्थानका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र पुरस्कार कोष निर्माणार्थ गठित अक्षयकोष निर्माण समितिबीच सो सम्बन्धि सम्झौता पत्रमा शनिबार हस्ताक्षर भएको थियो।

नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल,सचिव रमेश कुमार बोहोरा र अक्षयकोष निर्माण समितिको तर्फबाट समितिकी संयोजक एवं स्व. पत्रकार कमराज राईकी धर्मपत्नी लालसरा राईले सम्झौतापत्रम हस्ताक्षर गरेका छन्।

प्रभाव दैनिकका तत्कालीन सम्पादक राईले नेपालको पत्रकारिता क्षेत्रमा करिब दुई दशक योगदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्