भारतको वैदेशिक अनुदानको दोश्रो प्राथमिकतामा नेपाल
काठमाडौं। भारतले वैदेशिक सहायताका लागि नेपाललाई दोश्रो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ।

अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०२५–२६ को वार्षिक बजेटमा नेपाललाई वैदेशिक अनुदानको दोश्रो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ।बजेटमा भारत सरकारले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने उल्लेख गरिएको छ।
आगामी वर्ष भारतले विदेश मन्त्रालयका लागि छुट्याइएको कुल २० हजार ५१६ करोड भारतीय रुपैयाँको बजेटमा ५ हजार ४८३ करोड वैदेशिक सहायताका लागि छुट्याइएको छ । वैदेशिक सहायता शीर्षकमा सबैभन्दा बढी भुटानलाई २ हजार १५० करोड भारु अनुदान दिने जनाइएको छ ।
भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई ६ अर्ब ५७.३८ करोड भारु (नेपाली रुपैयाँ १० अर्ब ५१ करोड) अनुदान दिएको थियो ।
भुटानपछि दोस्रो ठूलो सहयोग रकम नेपालका लागि बजेटमा छुट्याएको छ ।

