पाल्मु शेर्पाको अध्यक्षतामा शेर्पा कलाकार संघको नयाँ कार्यसमिति चयन



दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा कलाकार संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा पाल्मु शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ ।

वरिष्ठ पर्यटनबिद्,विश्व प्रवताराेहण महासंघका मानर्थ सदस्य बेल्जियम कन्सुलर आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न नेपाल शेर्पा संघको भवनमा सम्पन्न संघको तेस्रो महाधिवेशनबाट शेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

संघको बरिस्ठ उपाध्यक्षमा छोङ्बा शेर्पा,महिला उपाध्यक्षमा छोकी शेर्पा,महासचिवमा सोन तेन्जी शेर्पा,सचिवमा दाबुटी शेर्पा लगायत १५ जना निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष कुङ्गा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा कलाकार संघले स्थापनाकाल देखि नै ७७ वटै जिल्लाका शेर्पा कलाकारहरुलाई एकत्रित गर्ने,कलाकारको हकहितको विषय उठान गर्ने,दुःखमा परेका शेर्पाहरुलाई सहयोग गर्ने गर्दै आएको छ ।

नव निर्वाचित अध्यक्ष पाल्मु शेर्पाले कलाकारको हकहित र सामाजिक सेवामा क्रियाशील रहने जानकारी दिनुभयो । शेर्पा कलाकार संघ २०७४ सालमा स्थापना भएको गैरनाफामूलक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्