राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल अटोमोबाइल एसोसिएसनको सम्मान
काठमाडौं।नेपाल अटोमोबाइल एसोसिएसन (NASA NEPAL)ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष लगायत सदस्यहरुलाई बधाई तथा सम्मान प्रदान गरेको छ।

राजधानीको होटल रोयल टयुलिपमा स्वागत कार्यक्रम आयोजना
गरी एसोसिएसनको तर्फबाट प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुब आचार्य लगायत बोर्ड सदस्यहरुलाइ सम्मान गर्नुभयो।सो कार्यक्रममा सन २०२४ मा स्पेनमा भएको वर्ल्ड मोटर स्पोर्ट्स प्रतियोगितामा सहभागिता जनाएका खेलाडी एवम अफिसियलहरुलाई समेत सम्मान गरिएको थियो।
यसरी सम्मानित हुनु हुने खेलाडीहरुमा दिप्रश शाक्य, कृष्णप्रसाद पौडेल,प्रज्ञा कडेल र अफिसियलहरुमा दशरथ रिसाल यदुराज लामिछाने र टिकाराम यात्री हुनुहुन्थ्यो ।
सोही कार्यक्रममा नासा नेपालका सचिव एवम विश्व मोटर स्पोर्ट्स प्रतियोगितामा दुई पटक सहभागिता जनाउनु भएका खेलाडी दिप्रश शाक्यले आफ्नो र्याली सवारी मोटर नासा नेपाललाइ हस्तान्तरण गर्नु भयो।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको सभापतित्वमा भएको सो सम्मान कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री चौधरी राखेपका उपाध्यक्ष ध्रुव आचार्य राखेपका पुर्व बोर्ड सदस्य गोबिन्द भट्टराई तथा नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले नेपालमा मोटर स्पोर्ट्सको बढदो महत्व एवम लोकप्रियता र नासा नेपालको योगदानबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा राखेपका विभिन्न बिभागीय प्रमुखहरु लगायत नेपालका खेलकुद एवम मोटर स्पोर्ट्स क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।