थुलुङ दुधकोशीले रोजगार सृजना हुने कामलाई प्राथमिकता दिंदै आएको छ : अध्यक्ष राई



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले आफ्नो पालिकाले रोजगार सृजना हुने कामलाई प्राथमिकता दिँदै आएको बताउनुभएको छ।

रोजगार सेवा केन्द्र थुलुङ दुधकोशीद्वारा शुक्रबार आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पुर्व रोजगार उपभोक्ता समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अशिम राईले सो बताउनुभएको हो।

वहाँले श्रमसंग जोडिएर समृद्धि हांसिल गर्नु अहिलेको आवश्यकता रहेको बताउंदै वहाँले पालिकाले श्रमजीवीहरुको हितलाई प्राथमिकतामा राखेको पनि बताउनुभयो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिने अर्ध दक्ष कामदारका लागि प्रति ब्यक्ति ६ सय ६८ रुपैयाँ प्राप्त हुने भए पनि उक्त ज्याला अति न्यून भएकाले गाउँपालिकाको तर्फबाट थप गरि प्रति व्यक्ति ज्याला ८ सय पुर्‍याउने गाउँपालिका थुलुङ दुधकोशी मात्र रहेको वहाँको दावी थियो।

अध्यक्ष असिम राईले सोही कार्यक्रममा वडा अध्यक्षहरुमार्फत कामदारको लागि सुरक्षा सामाग्री समेत हस्तान्तरण गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्