९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३० बर्षीय पुरुष पक्राउ



प्युठान। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ऐरावती गाउँपालिका-५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपाली रहेका छन् । कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्