अहिले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्नका लागि सर्वाधिक अनुकूल परिस्थिति : थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्नका लागि सर्वाधिक अनुकूल परिस्थिति रहेको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत थापाले’राष्ट्रवादी शक्ति’ मिलेर अन्तिम धक्का दिउँ भनेर राप्रपासंग पार्टी एकताको प्रस्ताव गरेको उल्लेख गरेका हुन्।

आफूले पार्टी चलाउन नसकेर एकताको प्रस्ताव नगरेको उनको भनाई छ ।
’मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन । हालका भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर हो । यो समय फेरि नआउन सक्छ,’ उनले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्