कुटपिटबाट ओखलढुंगाको चिशंखुगढीमा एक जनाको मृत्यु
ओखलढुंगा।ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा कुटपिटका कारण एक जनाको ज्यान गएको छ।

आपसी विवादका क्रममा कुटपिट हुदाँ गाउँपालिकाको वडा नं १ कुइभिरका ४५ वर्षिय रामकुमार राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
माघ २ गते स्थानीय करिब ६५ बर्षिय टुकराज राईले रामकुमारलाई कुटपिट गरेका थिए। कुटपिटबाट मरानासन्न भएका राईको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको र उनको शुक्रबार उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कष्ण खड्काको भनाई छ ।
घटनामा सङ्लग्न राईलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको उनले बताए।

