ओलम्पिक कमिटीको निर्बाचन र साधारणसभा अवैध ठहर
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११९ औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको निर्बाचन र साधारण सभा अवैध भएको ठहर गरेको छ ।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रकृया अगाडि बढाउने गरी निर्णय भएको सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।
यस्तै बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको छ।

