नेचासल्यानमा आगलागी,एक घर जलेर नष्ट



सोलुखुम्बु ।विद्युत सर्ट भइ आगलागी हुंँदा नेचासल्यान गाउँपालिकास्थित बिहिबारे बजार नजिकै आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय मुक्ति बस्तोलाको तीनतल्ले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। ढुङ्गा–माटोले बनेको तीनतल्ले घरमा भएको सो आगलागी ईलाका प्रहरी कार्यालय नेचाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा आएको बताईएको छ।

मानबीय क्षति नभए पनि धनमाल जलेर नष्ट भएको छ।प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार आगलागीबाट भएको क्षतिको विवरण भने अझै आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्