१५ दिने उद्घोषण तालिम सम्पन्न



काठमाडौं।पिके सोलुखूम्बू टाप्टिङ समाज सेवा काठमाडौंले पुष २१ गते देखि सञ्चालन गरेको १५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

समाजका युवा वर्गलाई उद्घोषण सम्बन्धी तालिम प्रदान गरी उनीहरूको प्रतिभा प्रस्फुटन गराई आत्मनिर्भर बनाउने र समाज तथा राष्ट्रको विकासका लागि योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार कक्षा ११/१२ सकेर बसेका विद्यार्थी तथा तालिम पश्चात संस्थालाई सहयोग गर्न सक्ने व्यक्तिहरूलाई विशेष ग्राहयता दिइएको र संस्थाको कार्यालय पैंयाटारमा सञ्चालन गरिएको तालिममा जसमा १२ जना सहभागीता रहेको थियो ।

तालिमको सहजीकरण योहो टेलिभिजनका पत्रकार निम्लेकी शेर्पाले गरिएको महासचिव ङिम्टी शेर्पाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्