नगर सभाको १५ औं अधिवेशन माघ २८ गते गर्ने सोलु दुधकुण्ड नगरपालिकाको निर्णय
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले आगामी माघ २८ गते नगर सभाको १५ औं अधिवेशन गर्ने निर्णय गरेको छ।

नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको नगर प्रबक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए।
बैठकले सोलुदुधकुण्ड नगरपालिकाको आ.व. ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (Local Government Institutional Capacity Self-Assessment LISA) को प्रारम्भिक प्राप्तङ्क ९७.७५ र वित्तिय जोखिम मूल्याङ्कन (Fiduciary Risk Assessment – FRA) प्रारम्भिक प्राप्तङ्क ९९ अनुमोदन गर्नुका साथै सेफ हाउस सञ्चालन कार्यविधि-२०८१,कुकुर बन्ध्याकरण तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८१ र उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि-२०८१ स्वीकृत गरेको प्रबक्ता शेर्पाद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ।

