सम्पन्न परिवारको विद्यार्थीले भन्दा गरिब विद्यार्थीले दोब्बर मेहनत गर्नुपर्छ : डा.बास्तोला



खगिन्द्रराज बास्तोला,काठमाडौं।नेचासल्यान-४ स्थित श्री जालपा आधारभूत विद्यालयले डा. थोमस बास्तोलालाई सम्मानित गरेको छ ।
राजनीतिज्ञ एबम् तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भुपाल किरांतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अमेरिकाबाट हालै विद्यावारिधी गरेर केही समयका लागि जन्मस्थल आएका डा. बास्तोलालाई आईतवार सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक रोहित प्रसाद बास्तोलाले जानकारी दिए।

डा. बास्तोला विद्यालयका अक्षय कोषदातासमेत रहेको र यस क्षेत्रबाट विद्यावारिधी गर्ने पहिलो ब्यक्ति भएका कारण विद्यार्थीहरुलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले उनलाई सम्मानित गरिएको प्रधानाध्यापक बास्तोलाले बताए।

सम्मान कार्यक्रममा प्रमुख अतिथि किराँती,बिशिस्ट अतिथि नेपाल शिक्षक युनियन सोलुखुम्बुका पूर्ब अध्यक्ष एकराज जमरकटेल,सम्मानित ब्यक्तित्व डा. थोमस बास्तोला,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष टंक दाहाल,नेचासल्यान गाउँसभा सदस्य बिष्णु बास्तोला,विद्यालय ब्यबस्थापन समितिका पूर्ब अध्यक्ष ठगेन्द्र जमरकटेल,शिक्षिका आङडिकी राईले आ-आफ्नो धारणा व्यक्त गर्दै ठुलो संघर्ष र मेहनतबाट अमेरिका जस्तो विकसित देशमा पुगेर विद्यावारिधी गर्न सफल भएको भन्दै डा. बास्तोलाको प्रशंसा गरेका थिए।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम स्वागत मन्तव्य शिक्षक शान्तिराम घिमिरेले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डा बास्तोलाले भने- “मेहनत, सङ्कल्प, परिश्रम नै सफलताको कडी हो । दुर्गम क्षेत्र र गरिब परिवारमा जन्मिएको व्यक्तिले धनी र सम्पन्न परिवारमा जन्मिएका विद्यार्थीले भन्दा दुई गुणा मेहनत गर्नुपर्ने बताए ।”

जालपा आविले सञ्चालन गरेको दिवा आवासीय कार्यक्रमको प्रशंसा गर्दै यो अनुकरणीय रहेको उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्