अनेरास्ववियुले शिक्षक सेवा र लोक सेवा आयोगको नि:शुल्क अनलाइन कक्षा सञ्चालन गर्ने
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौं जिल्ला कमिटीले निःशुल्क लोक सेवा आयोगका कक्षा तयारी गर्ने भएको छ ।

भौगोलिक विकटता वा अन्य विविध कारणले आयोगको कक्षा लिन नसकेर सरकारी सेवामा प्रवेश गर्नबाट वञ्चित युवाहरुलाई लक्षित गरी शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको सोमबार सम्पन्न तेस्रो पदाधिकारी बैठकले देशमै रोजगारीमा अभिप्ररित गर्ने उदेश्यले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागेको अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष अनिल बोहराले केन्द्रविन्दुलाई जानकारी गराए ।
देशभरका सरकारी सेवामा प्रवेश गर्न इच्छुक व्यक्तिहरुले पुष १५ गते भित्र आवेदन पेश गर्न सक्नेछन् । अनलाइन कक्षामा सहभागि हुनका लागी नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि उपलव्ध गराउनु पर्ने छ ।

