सोताङको बीरेन्द्रज्योति र बखपलम माबिमा अनेरास्ववियुको प्रारम्भिक कमिटी पुनर्गठन



मिलन नाछिरिङ,सोलुखुम्बु।नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सोताङमा रहेको श्री बखपलम माध्यमिक विद्यालयमा प्रमिला बस्नेतको अध्यक्षतामा ७९ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ।

अनेरास्ववियु जिल्ला कमिटीको प्रारम्भिक कमिटी गठनको कार्यक्रम अन्तर्गत मंगलबार सम्पन्न भेलाद्वारा गठित सो समितिको उपाध्यक्षद्वयमा सुसिला राई र रुबेन राईसचिवमा आकृति बस्नेत,सहसचिवद्वयमा विद्या बस्नेत र युनिसा बस्नेत तथा कोषाध्यक्षमा वियोगित राई रहेको जिल्ला कमिटी सदस्य गोबिन्द बस्नेतले जानकारी दिए।

प्रारम्भिक कमिटी अन्तर्गत खेलकुद विभाग र सांस्कृतिक विभाग समेत गठन गरिएको छ।खेलकुद बिभाग संयोजकमा बालकुमार राई,सहसंयोजकमा सृष्टी राई र सदस्यहरुमा अनिसा थुलुङ डम्बर कुलुङ,तिलक बस्नेत, विमल राई र अनिसा राई तथा सांस्कृतिक विभाग संयोजकमा युना राई तथा सदस्यहरुमा सोनु राई,आकृष्टी राई, अञ्जना वि.क. यमुना राई,अञ्जना राई, मेलिना विक, सविना विक, रस्मी राई, तारामणि राई र अनुसा विक रहेको बस्नेतले बताए।

भेलामा नेकपा एमाले सोताङ गाउँपालिका कमिटी अध्यक्ष धन कुमार बिक,अनेरास्ववियु जिल्ला कमिटी सदस्य खड्ग बिक, गोबिन्द बस्नेत र दिपक बिक लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी,सोमबार श्री वीरेन्द्र ज्योति माध्यमिक विद्यालयमा बिजय बिकको अध्यक्षतामा १०१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको थियो।

जिल्ला कमिटी सदस्य बस्नेतका अनुसार कमिटीको उपाध्यक्षद्वयमा सहारा नाछिरिङ र युनिशा बस्नेत,सचिवमा निर्मला बस्नेत
उप सचिवद्वयमा एलिना नाछिरिङ,तिलक नेपाली
कोषाध्यक्षमा रोजिना कुलुङ रहेका छन् ।कमिटी अन्तर्गतको खेलकुद विभाग संयोजकमा गोविन्द कार्की र सांस्कृतिक विभाग संयोजकमा सहारा नाछिरिङ रहेको बस्नेतले बताए।दुबै बिभाग ९ सदस्यीय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्