पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार दाङ जाने



घोराही । पूर्वराजा ज्ञानेन्द्र शाह दाङ जाने हुनु भएको छ । घोराही उपमहानगरपालिका धारापानीमा रहेको पाण्डेवेश्वर मन्दिरको दर्शन र स्थानीयसँग भेटघाटका लागि पूर्व राजा शाह शनिबार दाङ जान लाग्नु भएको हो ।

पूर्वरानी कोमलसँगै झण्डै दुई हप्तायता नेपालगञ्जमा रहनु भएका उहाँ दाङ तुलसीपुरको बाटो हुँदै घोराही धारापानी जाने कार्यक्रम तय भएको सञ्चारकर्मी बंशीकुमार शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार दाङ तुलसिपुरमा पनि पूर्वराजाले शुभचिन्तकहरुसंँग भेटघाट गर्ने कार्यक्रम तय भएकोे छ ।

सो क्रममा दाङमा स्थानीयले पूर्वराजाको भव्य स्वागतको तयारी गरेका छन् । त्यसका लागि समिति समेत गठन गरिएको छ । नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना शाहले पश्चिम नेपालमा धार्मिक भ्रमण गर्नुहुने भएको छ । सोही अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार दाङ जान लाग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्