गाउँपालिका उपाध्यक्ष शेर्पालाई सोतोकान कराते एस केडियूएन केन्द्रिय डो संघको सम्मान
काठमाडौं।दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष उमा लुंगेली शेर्पालाई सम्मानित गरिएको छ।
उपाध्यक्ष शेर्पालाई सोतोकान कराते एस के डि यु एन केन्द्रिय डो संघ र गोकर्णेश्वर शाखा डोजोका कराते प्रशिक्षक,राष्ट्रिय रेफ्री तथा खेलाडीहरुले आइतबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्मानित गरेका हुन्। कार्यक्रम गोकर्ण-८ अवस्थित जोरपाटी इन हुलेलमा आयोजना गरिएको थियो।
शेर्पा मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्बाचनमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पालाई २०५ मतान्तरले पराजित गर्दै एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्बाचित भएकी थिइन।file foto