एमबीबीएस अध्ययनरत बीरेन्द्रज्योतिका पूर्ब दुई विद्यार्थीलाई मासिक १० हजार दिने सोताङ अध्यक्ष बस्नेतको घोषणा
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले श्री बिरेन्द्रज्योति उच्च माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षतामा बिहिबार सम्पन्न कार्यक्रममा नमुना विद्यालय भौतिक निर्माणको बजेट मार्फत WASH शौचालयसहितको १२ कोठे पक्की भवनको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले स्कलरशिपमा नाम निकालेर MBBS डाक्टर अध्ययन गरिरहेका बिरेन्द्रज्योतिका २ जना पुर्व बिद्यार्थीहरु जीवन विश्वकर्मा र तरङ्ग नाछिरिङलाई निर्वाह खर्च बापत प्रतिव्यक्ति मासिक रुपमा रु.१०,००० का दरले उपलब्ध गराउने घोषणा समेत गर्नुभएको थियो।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई,सोताङ गाँउपालिका वडा नं ५ का वडाध्यक्ष मानवीर राई,शिक्षक अभिभावक संघ,राजनीतिक दलका पार्टी प्रतिनिधि, स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
करिव १२०० विद्यार्थीहरु अध्ययन सो विद्यालय नमुना बिद्यालय विद्यालय हो।

