डा.विकास नेपालसहित भेरी अस्पतालका दुईजना डाक्टरलाई सह प्राध्यापकको जिम्मेवारी
बाँके । भेरी अस्पतालमा कार्यरत डा.विकास नेपालसहित थप दुई जना चिकित्सकले सह प्राध्यापकको जिम्मेवारी पाएका छन् ।

सो अस्पतालमा सबैले मन पराउने मुटुरोग विशेषज्ञ डा. नेपालले न्याम्सबाट सह प्राध्यापकको जिम्मेवारी पाएका हुन् भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीलाई पनि सह प्राध्यापकको जिम्मेवारी दिएको छ ।
त्यसैगरी रेडियोलोजी डा. बिश्वनाथ शर्मालाई पनि न्याम्सले सह प्राध्यापकको जिम्मेवारी तोकेको छ । भेरी अस्पतालमा आउने वर्षदेखि ‘पिजी’ कार्यक्रम संचालन गर्ने भएपछि प्रतिष्ठानले उनलाई जिम्मेवारी तोकेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,प्राज्ञिक परिषदको मंसिर २ गतेको बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको हो ।
भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे,अर्थोपेडिक विभागमा कार्यरत अर्थोपेडिक सर्जनहरु डा.तिर्थेन्द्र खड्का र डा.प्रकाश थापाले पनि सह प्राध्यापकको जिम्मेवारी पाएका छन् । डा.खड्का अर्थोपेडिक विभाग प्रमुख हुन भने डा.थापा अस्पतालका पूर्व मेसु हुन ।
एकेडेमिक उपाधी पाउने डाक्टरहरुले भेरी अस्पतालमा एमडी–एमएस अध्ययनका लागि आउने विद्यार्थीहरुलाई ‘गाइड’ गर्ने सो अस्पतालले जनाएको छ ।

