लैंगिक हिंसा विरुद्धको अभियान एकताबद्द भएर अघि बढाउन आवश्यक : प्रधानमन्त्री ओली



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको अभियान एकताबद्द र साझा प्रयासबाट अघि बढाउनु आवश्यक रहेको बताएका छन्।

लैङ्गिक हिंसाविरुद्धको ३३ औं अन्तर्राष्ट्रिय १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश दिंदै उनले सो कुरा बताएका हुन्भ्य।प्रधानमन्त्री ओलीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,- “म सबैलाई आग्रह गर्न चाहन्छु,हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा,भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ,“यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्,यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुभकामना व्यक्त गर्दछु।”

प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरुलाई समृद्धिको बाटोमा, समानताको बाटोमा,सभ्यताको बाटोमा,न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरु गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सक्छौं भनी सन्देशमा लेख्नुभएको छ । साथ, यस अभियानले मानवोचित समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामना समेत उहाँले गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कसैले पनि पीडा भोग्न नपरोस्, हिंसाको शिकार हुन नपरोस्,अपमानित,अपहेलित र विभेद गरिएको स्थिति महसुस गर्न नपरोस्,यस अभियानका अवसरमा शुुभकामना व्यक्त गर्नुभएको छ ।

“यो हामी सबैको साझा अभियान हो, यो साझा अभियानलाई हामी सबैको संयुक्त प्रयासहरुबाट, हाम्रा एकताबद्ध प्रयासहरुबाट अगाडि बढाउन जरुरी छ” सन्देशमा भनिएको छ,-“एउटा मानिसलाई यन्त्र ठान्ने दासयुग, महिलालाई वस्तु ठान्ने सामन्ति युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामूलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौँ र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।”प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पहिल्याएको र देशमा सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्न चाहेको कुरा सन्देशमा लेख्नुभएको छ ।

“न्यायोचित समाज, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्ने बाटोमा अगाडि बढिरहेका छौँ, यिनै कुराहरुलाई प्रतिविम्बित गरेर हामीले हाम्रा नीति कार्यक्रम तद्अनुसारका ल्याएका छौँ”, सन्देशमा भनिएको छ, “सरकारका नीति कार्यक्रममा यी कुराहरु प्रतिविम्बित भएका छन् । यिनलाई कार्यान्वयन गर्नका लागि योजनाबद्ध कार्ययोजना तयार गरेका छौँ ।”

सन्देशमा विभेद र अपराध एउटै कुरा नभएको र विभेद केही सामाजिक मान्यताका कारणले भएका उल्लेख छ । “जसलाई शिक्षा, चेतना, कानुुनको प्रभावकारी कार्यान्वयनबाट हटाउन सकिन्छ, अपराध कानुुनविरुद्धको कुरा हो, अपराध मानवताविरुद्धको कुरा हो”,प्रधानमन्त्री सन्देशमा भन्नुभएको छ, “अपराध हिंसाको कुरा हो,यसका निम्ति हाम्रो संविधानको धारा १८ मा धर्म,वर्ण,जात,जाति,लिङ्ग,शारीरिक अवस्था,अपाङ्गता, स्वास्थ्य स्थिति,वैवाहिक स्थिति,गर्भावस्था,आर्थिक अवस्था,भाषा वा क्षेत्र,वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भन्ने कुराको स्पष्ट व्यवस्था छ । -file foto

प्रतिक्रिया दिनुहोस्