हिमाल दर्शन पूर्ब विद्यार्थी समाजको पुस्तकालय अभियानलाई कांग्रेस नेता कार्कीका ५ सय पुस्तक



काठमाडौं।नेपाली कांग्रेसका नेता एबम् वरिष्ठ उद्यमी प्रकाशसिंह कार्कीले सोलुखुम्बु जिल्लाको नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालय पूर्ब विद्यार्थी समाजको पुस्तकालय अभियानलाई पाँच सय पुस्तक उपलब्ध गराउनुभएको छ।

शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर नेता कार्कीले कला साहित्य,राजनीति लगायत विभिन्न बिधाका पुस्तक उपलब्ध गराउनु भएको हिमाल दर्शन माबि पूर्ब विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोलाले जानकारी दिनुभयो।

आगामी माघमा स्वर्ण जयन्ती मनाउने तयारी गरिरहेको सो विद्यालयका ५० संकल्पमध्ये मेरो ‘जन्मदिन ,मेरो पुस्तकालय अभियान’ पूर्ब विद्यार्थी समाजले गरेको १० संकल्पभित्र पर्ने अध्यक्ष बास्तोलाको भनाई छ।जन्मदिनका अवसरमा कार्कीले उपलब्ध गराउनु भएका पुस्तक पूर्ब विद्यार्थी समाजले स्थापना गर्ने पुस्तकालयमा जम्मा गर्ने तयारी रहेको वहाँले बताउनुभयो।

नेता कार्कीले यस अघि स्वर्ण जयन्तीका लागि ५० हजार सहयोग गर्ने र स्वर्गीय माता सुमित्रा कार्कीको स्मृतिमा वहाँका नाममा हिमाल दर्शन माबिमा १ लाख ११ हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्