पक्राउ परेका रास्वपाका सांसद चौधरीसहित ५१ जना रिहा
काठमाडौं । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद अशोक चौधरीसहितसहित ५१ जना रिहा भएका छन् ।

पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
रास्वपाले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । सो क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गरिरहेको छ ।

