आर्थिक सुधारका लागि सुझाव पेश गर्न सरकारले बनायो आयोग



काठमाडौं।सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा आर्थिक सुधारका लागि सुझाव पेश गर्न आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले खनालको संयोजकत्वमा डा. प्रकाशकुमार श्रेष्ठ,त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा.रामप्रसाद ज्ञवाली,सर्वांगीण विकास अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा.विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ अनुसन्धाता डा. कल्पना खनाल सदस्य रहेको आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

आयोगले विभिन्न सरोकारवालाहरूसँग छलफल र परामर्श अर्थतन्त्र सबलिकरणका बिषयमा सरकारलाई सुझाव दिने बताइएको छ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले अर्थतन्त्रको संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसबारेमा अध्ययन गर्न आयोग बनाउने घोषणा गरेको थियो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको सरकारको एक सय दिने कार्ययोजनामा पनि आयोग बनाउने विषय समावेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्