बंगलादेशमा नाै सदस्यीय संविधान सुधार आयोग गठन



एजेन्सी।बंगलादेशको अन्तरिम सरकारले बंगलादेशी-अमेरिकी प्रोफेसर अली रियाजकाे अध्यक्षतामा नाै सदस्यीय संविधान सुधार आयोग गठन गरेको छ । आयोगलाई ९० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

नौ सदस्यीय आयोगमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक विद्यार्थी प्रतिनिधि महफुज आलम पनि परेका छन् । आयोगका अन्य सदस्यमा ढाका विश्वविद्यालय कानुन विभागका प्राध्यापक सुमैया खैर र मुहम्मद इक्रामुल हक, ब्यारिस्टर इमरान सिद्दीकी र सर्वोच्च अदालतका वकिल अधिवक्ता डा. सरिफ भुइया छन् । ब्यारिस्टर एम मोइन आलम फिरोजी, लेखक फिरोज अहमद र लेखक तथा मानवअधिकारकर्मी एमडी मुस्तेन बिल्लाह पनि आयोगमा छन् ।

जनतालाई सशक्तीकरण गर्दै प्रतिनिधिमूलक र प्रभावकारी लोकतन्त्र स्थापना गर्न विद्यमान संविधानको समीक्षा र मूल्यांकन आवश्यक भएकाले आयोग गठन गरिएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । अब संवैधानिक सुधारका लागि सबैको राय बुझेर प्रतिवेदन तयार गर्नेछ ।

यसअघि प्रमुख सल्लाहकार युनुसले न्यायपालिका, निर्वाचन प्रणाली, प्रशासन, प्रहरी, भ्रष्टाचार नियन्त्रण आयोग र संविधान सुधारका लागि ६ वटा आयोग गठनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्