शेर्पा संघ अमेरिकाद्वारा आयोजित बिश्व शेर्पा दिवसको औपचारिक कार्यक्रम भब्यताका साथ सम्पन्न



दावा जाङ्बु शेर्पा,काठमाडौं।बिश्व शेर्पा दिवसका अवसरमा शेर्पा संघ अमेरिकाद्वारा आयोजित डिजे डान्स पार्टी सम्पन्न भएको छ।

शेर्पा संस्कार र संस्कृतिप्रति युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले हालै आयोजना गरिएको सो डिजे डान्स पार्टीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघका निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाले उद्घाटन गरेका थिए।

कार्यक्रममा बिशेष अथिति श्रद्धेय धर्म गुरु डा. युला शेर्पा अमेरिकाका लागि अवैतनिक महाबाणिज्य दुत एसी शेर्पा अमेरिका न्युयोर्क स्टेरको बिधान सभा सदस्य mr. Steven Raga, विश्व शेर्पा संघका बरिष्ट उपाध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई. तेम्बा शेर्पा,दुजुम धर्म हाउस अमेरिकाका अध्यक्ष छोङबा लामा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको तोरन गुरुङ, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, एनआरएन न्युयोर्क च्यप्टरका कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा संघ सचिबालय सदस्य, खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ वडा अध्यक्ष फुनुरु शेर्पा,आङ दोर्जी सोनाम सदस्य विश्व शेर्पा संघ शेर्पा, निबर्तमान अध्यक्ष शेर्पा किदुग बेल्जियम शेर्पा संघ जपनको पुर्व अध्यक्ष पासाङ शेर्पा लगायतको उपस्थिति रहेको शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिए।

कार्यक्रममा विश्व शेर्पा संघ नेपालका अध्यक्ष थेन्डुप शेर्पा, आदिवासी जनजाति महासंघका अध्यक्ष तथा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी लामा शेर्पा लगायतले अनलाइन जुमबाट शुभकामना मन्तब्य दिएको उनले बताए।

शेर्पाहरूको भाषा संस्कृति र रितिरिवाज र परम्परालाई एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकीकृत गर्ने उद्देश्यले सन् २०१७ मा आङ दोर्जी शेर्पा (एडी)को अध्यक्षतामा विश्व शेर्पा संघ गठन भएको थियो।संघ संगठन भएको खुसियालीमा विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा “डे”को रूपमा मनाउँने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्