ग्लोबल आईएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा १० देखि शतप्रतिशतसम्म छुट



काठमाडौं।ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएकाे छ । समझदारी पत्रमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ । छुट सुविधाका लागि सेवाग्राहीले बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ ।

अस्पतालमा बैंकका ग्राहकले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शय्या शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्