पहिरोका कारण दुई सदस्य गुमाएका टेकबहादुरलाई पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको ४० हजार सहयोग



दावा जाङ्बु शेर्पा,काठमाडौं।पहिरोले घर बगाउँदा दुई सदस्य गुमाएका सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टीङको चैलुङका टेकबहादुर मगरको परिवारलाई नगद ४० हजार सहयोग प्रदान गरिएको छ।

अविरल बर्षापछि आएको पहिरोले घर बगाउँदा ३० वर्षीया छोरी कविता मगर र ४१ बर्षिया बुहारी रुपु मगर गुमाएका टेकबहादुरको परिवारलाई आइतबार पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंले संस्थाको आपतकालिन कोषबाट राहत स्वरुप सो रकम प्रदान गरेको हो।

संस्थाका अध्यक्ष ङवाङ फूरी शेर्पाले आइतबार सल्लाहकार समितिका संयोजक सन्तोष मगरलाई हस्तान्तरण गरेको महासचिव निम्टी शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्