बाढीपहिरोले देशभर पुर्‍याएको क्षतिप्रति पूर्बराजा ज्ञानेन्द्रद्वारा दु:ख व्यक्त



काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबारदेखि आएको अविरल बर्षाका कारण आएको बाढीपहिरोले देशभर पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ।

पूर्वतयारी हुन नसक्दा बढी क्षति भोग्नुपरेको उल्लेख गर्दै पूर्बराजा शाहले आइतबार जारी गरेको सन्देशमा जारी पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन सरकार समक्ष माग गरिएको छ।

‘यो बेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्वसूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्वप्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद् कुरा हो’सन्देशमा उल्लेख छ,’हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू-क्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो। त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ।’

प्रतिक्रिया दिनुहोस्