शेर्पा समाज माप्यदुधकोशीले १५ दिने शेर्पा मातृभाषा कक्षा सञ्चालन गर्ने
दावा जाङबु शेर्पा,काठमाडौं।शेर्पा समाज माप्य दुधकोशीले १५ दिने शेर्पा मातृभाषा कक्षा सञ्चालन गर्ने भएको छ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं-१ बुम्बुरी,वडा नं ४ घुम्नेमेरा,वडा नं ५ नाम छाँगा र वडा नं ७ हिल,छेचिवा,सोलाबन,सिबुचे,फुर्छेबाट काठमाडौ आइ अस्थायी र स्थायीरुपमा बसोबास गरिरहेका शेर्पा सामुदायका बालबालिकाहरुलाई लक्षित गरि दशैं बिदाको अवसर पारेर सो संस्थाले १५ दिने शेर्पा मातृभाषा कक्षा सञ्चालन गर्न लागेको हो।
आफ्नो मातृभाषा,संस्कृति र परम्पराको संरक्षण गरी पुस्तान्तरण गर्न र बालबालिकाको क्षमता अभिवृद्धि गर्न र उनीहरूलाई नयाँ कुरा सिक्नको लागि मार्गदर्शन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सो कक्षामा सहभागी हुन इच्छुक ९ बर्ष देखि माथिका बालबालिकाहरुलाई समयमै कार्यसमितिका पदाधिकारीहरुलाइ सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्न शेर्पा समाज माप्यदुधकोसी सोलुखुम्बुका अध्यक्ष पासाङ शेर्पाले आग्रह गरेका छन्।

