धादिङको झ्याप्ले खोला क्षेत्रमा भेटियो थप ३ वटा शव,गोरखाबाट शुक्रबार छुटेको बसका यात्री भएको आशंका



काठमाडौं।त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ३ वटा शव भेटिएका छन् ।

शनिवार बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त बस गोरखाबाट शुक्रवार बिहान काठमाडौंबाट छुटेर सम्पर्कविहीन भएको हुन सक्ने आशंका गरिएको छ । तर त्यही हो भनेर यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय, गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

झ्याप्ले खोलामा पहिरोमा पुरिएको बस र माइक्रो बसबाट शनिवार १४ जनाको शव निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्