लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सोलुको प्रदेश क्षेत्रीय अध्यक्षमा थुलुङ र खालिङ चयन



सोलुखुम्बु । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सोलुखुम्बुको क्षेत्रीय अध्यक्ष चयन भएका छन्।

नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको महासंघ सोलुखुम्बुको प्रदेश ‘क’ अध्यक्षमा राजकुमार थुलुङ थुलुङ र प्रदेश ‘ख’ अध्यक्षमा भुपाल खालिङलाई सर्बसम्मत चयन गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एबम तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

महासघ सोलुखुम्बु जिल्ला प्रदेश शभा ‘क’ को अध्यक्षको जिम्मेवारी प्राप्त गरेका थुलुङ थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम र ‘ख’ का अध्यक्ष खालिङ माप्यदुधकोशी -३ बासाका हुन्।

महासंघको जिल्ला अध्यक्ष भने लाक्पा तामाङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्