गैर आवासीय नागरिकताले प्रदान गर्ने अधिकार स्पष्ट गर्न शेर्पा संघ अमेरिकाको माग



दावा शेर्पा,काठमाडौं।शेर्पा संघ अमेरिकाले बिदेशमा बस्ने नेपालीहरुका लागि जारी हुने गैर आवासीय नागरिकताले प्राप्त हुने अधिकार स्पष्ट गर्न परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाको ध्यानाकर्षण गराएको छ।

अमेरिका भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा.राणालाई ज्ञापन पत्र बुझाउँदै संघले गैर आवासीय नागरिकता प्रदान गर्ने अधिकारी नै यस बिषयमा अनबिज्ञ हुँदा बाबुआमाबाट प्राप्त अंश समेत आफ्ना नाममा ल्याउन नसकेको उल्लेख गर्दै सो बिषयमा स्पष्ट पार्न आग्रह गरेको हो।

संघले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा आगमन भिसाका लागि घन्टौं लाईन बस्नुपर्ने,पैसा तिर्न र छाप लगाउन छुट्टाछुट्टै ठाउँमा जानुपर्ने झण्झटिलो प्रक्रियालाई सहज बनाउन एकै स्थानबाट सबै काम सम्पन्न हुने व्यबस्था मिलाउन र पासपोर्टको अवधि सकिएर बिदेशबाट नविकरणका लागि निवेदन दिएकाहरुलाई तत्काल प्रक्रिया सुरु गरेर द्रुतमार्गबाट नविकरण गराउने व्यबस्था गर्न समेत माग गरेको छ।

ज्ञापन पत्रमा शेर्पा संघ अमेरिकाका अध्यक्ष दोर्जी शेर्पा (एपी लामा), महासचिब छिरिङ शेर्पा,सचिव-पेम्बा गुर्गे शेर्पा,विश्व शेर्पा संघ बरिष्ठ उपाध्यक्ष डिमा शेर्पा,महासचिब-आड जाङबु शेर्पा
शेर्पा किदुग न्युयोर्क, अमेरिका अध्यक्ष ई. तेम्बा शेर्पा,शेर्पा किदुग न्युयोर्क, अमेरिका महासचिब साङ दोर्जे शेर्पा लगायतले हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस्