दुर्गा प्रसाईं पक्राउविरुद्ध सर्बोच्चद्वारा कारण देखाउ आदेश जारी



काठमाडौं।सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको गिरफ्तारी प्रकरणमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंको गिरफ्तारीविरुद्ध छोरा निरज प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै निरजले सर्बोच्चमा निवेदन दर्ता गराएका थिए।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईंलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।file foto

प्रतिक्रिया दिनुहोस्