नेचासल्यान-२ द्वारा काठमाडौंमा सञ्चालित घुम्ती शिविरबाट झन्डै १२५ जना लाभान्वित
काठमाडौं।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं २ ले काठमाडौंमा सञ्चालन गरेको प्रशासनिक घुम्ती शिबिर सम्पन्न भएको छ।

काठमाडौं आई बसोबास गरिरहेका आफ्ना नागरिकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यसहित चाबहिलमा सञ्चालित चार दिने सो शिबिर सोमबार सम्पन्न भएको हो।
सो शिविरमा वडा कार्यालयबाट प्रवाह गरिने जन्म,मृत्यु,विवाह,बसाइँसराइ,नाता प्रमाणित,मालपाेत,सिफारिस लगायतका सेवा प्रवाह गरिएको वडाध्यक्ष सीताराम काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार शिविरबाट झन्डै १२५ सेवाग्राही लाभान्वित भएका छन्।सो शिविरबाट ५० हजार बढी राजश्व संकलन भएको उनले बताए।
प्रशासनिक सो घुम्ती शिविरको गाउँपालिका अध्यक्ष धनजन राईले गत शुक्रबार उद्घाटन गरेका थिए।वडाले गत बर्षबाट काठमाडौंमा यो किसिमको शिविर सञ्चालन गर्न सुरु गरेको हो।आगामी बर्षहरुमा यसलाई निरंतरता दिइने वडाध्यक्ष काफ्ले बताए।

