थामे पुनः निर्माणका लागि टानले ५ लाख सहयोग गर्ने,वरिष्ठ उपाध्यक्ष शेर्पाको नेतृत्वमा समिति गठन
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामे पुनः निर्माणका लागि ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल(टान)ले ५ लाख सहयोग गर्ने भएको छ।

गत असार ३२ गते आएको बाढीका कारण क्षतिग्रस्त सो गाउँपालिकाको वडा नं ५ थामे पुनः निर्माणका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको संयोजकत्वमा द्वितीय उपाध्यक्ष सनम शेर्पा र रिञ्जी शेर्पा सदस्य रहने गरी एक समिति गठन गरि टानले सो सहयोग गरेको हो।
थामे पुनः निर्माणका बिषयमा खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङमार छिरी शेर्पासंग आईतवार थप छलफल भएको जनाउँदै वरिष्ठ उपाध्यक्ष शेर्पाले यसका लागि विभिन्न ट्रेकिङ कम्पनीहरूसङ्ग समेत सहयोगको अपिल गर्ने निर्णय भएको जानकारी दिए।
टान निर्बाचनको दौरानमा आफुले गरेको प्रतिज्ञा थामे बाढीले पुर्याएको क्षतिका बिषयमा ध्यानाकर्षण गराउँदै आज मात्र पर्यटनमन्त्री बद्री पाण्डे र अघिल्लो साता रक्षामन्त्री मानबीर राईसंग शीघ्र पुनः निर्माणका लागि पहल गर्न आग्रह गरेको वरिष्ठ उपाध्यक्ष शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
सरकारले छिट्टै भूगोलविद्को विशेष टोलि थामे पठाएर पुनः निर्माण पछि बसोबासका लागि थामे सुरक्षित छ या पुरै बस्ती अन्यत्रै सार्नुपर्ने हो भन्ने बिषयमा अध्ययन गर्न लागेको पनि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
र बिज्ञको टोलीले हालको स्थान पुनर्निर्माण गर्न पर्याप्त सुरक्षित छ य छैन वा पुरै बस्ती अर्को सुरक्षित ठाउँमा सार्न आवश्यक छ भन्ने विषयमा गहिरो सर्वेक्षण गर्न योजना बनाएको सबैलाई जानकारी गराउन चाहन्छौ।

