असोज १२ देखि अग्रिम बस टिकट बुकिङ खुला गरिने



काठमाडौं । दशैं-तिहारका लागि असोज १२ देखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मत सम्भार गर्न निर्देशन समेत गरेको छ। बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्