काभा महिला भलिबलको उपाधि नेपाल पुलिसलाई



काठमाडौं।नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ।

शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्दै ताज जितेको हो।

पुलिस क्लबले पहिलो सेटमा प्रभावकारी प्रदर्शन गर्दै २५-१६ को अन्तरले जित निकालेको थियो।दोस्रो सेटमा पनि उनीहरूको खेलमा निरन्तरता रह्यो, जहाँ २५-२२ को सेट जितेर २-० को अग्रता बनाए।

तेस्रो र अन्तिम सेटमा पनि पुलिसले दबाब बनाइराख्दै सेट २५-२२ मा जितेर च्याम्पियनशीपको उपाधि आफ्नो नाममा अंकित गर्यो नेपाल पुलिस क्लब नेपालको प्रतिनिधित्व गर्दै यो प्रतियोगिता खेल्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्