नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित



काठमाडौं । असोज १२ गतेका लागि निर्धारित नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ ।

महासंघका ५६ जिल्ला शाखाका अध्यक्षले असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन स्थगित गर्नुपर्ने र प्रदेश तथा जिल्ला अध्यक्षको भेला बोलाउनुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी दबाब दिएपछि महासंघको निर्बाचन स्थगित भएको हो ।

तेस्रो पटकसम्म तोकिएको मितिमा महासंघको निर्वाचन गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका थिए।उनको राजीनामा स्वीकृत गरेर कार्यबाहक तोकिएका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको समितिले १२ गते निर्वाचन गर्ने घोषणा सहित कार्यतालिका समेतको सार्बजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्